श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी छ । चन्द्रमास गणनाको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी मिथिलामा कृषि नववर्ष उत्सवका रूपमा मनाइने परम्परा छ । वसन्तपञ्चमी पनि भनिने यो पर्व यसपालि आज मनाउँदैछन् ।
मिथिला मुख्यत कृषिकर्म थलो मानिन्छ । यहाँका धेरैजसो धार्मिक तथा सांस्कृतिक पर्वहरू कृषिसँग जोडिन्छन् । श्रीपञ्चमी त कृषि क्षेत्रको नयाँ वर्ष प्रारम्भ हुने दिनकै रूपमा मानिने मैथिल परम्परा रहेको मिथिला संस्कृ तिका जानकारहरू बताउँछन् ।
‘श्रीपञ्चमी किसानका लागि नववर्षको प्रारम्भ हो, यसै दिन किसान अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको वरण गर्छन्’, जलेश्वर–५ का बासिन्दा मिथिला संस्कृतिविद् ध्रुव रायले भने,’यसै दिन किसानले वर्षभरि हलोफाली पिट्ने, हँसिया÷कचियाँ उद्याउने र अन्य कृषि ज्यावल मर्मत गर्ने लोहार (यी काम गर्ने मिथिलाका खास जातिविशेष) तय गर्छन् ।’श्रमिक र लोहार वरणको यो परम्परामा किसानले वर्षभरि दिने पारिश्रमिकको टुङ्गो गरेर यिनलाई दोसल्ला ओढाएर वरण गर्दै मिष्टान्न भोजन गराई दक्षिणा दिने चलन रहेको अवकासप्राप्त सहप्राध्यापक रहेका राय बताउँछन् ।
यसरी नै यसै पर्वको दिन किसानले खेतबारीमा गोरु नारेर हलो जोत्छन् । यो परम्परामा हलो जोतेर वर्षभरि खेतीपातीको अनुकूल समय रहोस् भन्ने कामना किसानको हुने जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८५ वर्षीय कृष्णचन्द्र झाको भनाइ छ । यस दिन हलो नारेर खेत जोतेपछि वर्षभरि कृषिकर्मको राम्रो प्रतिफल पाइने मैथिल जनविश्वास रहेको पूर्वप्रशासक रहिसकेका झाले बताए।
















गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
फोटोन टुनल्यान्ड जी७ को युरोपमा ऐतिहासिक सफलता
भूपेन्द्रजंग शाहीले लिए उम्मेदवारी फिर्ता
बैतडीका स्वतन्त्र उम्मेदवार चन्दले फिर्ता लिए उम्मेदवारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया