मंगलबार, माघ ६, २०८२

प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता

मेरोन्यूज २०८२ माघ ६ गते १९:१७

काठमाडौं । प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुशान्त वैदिकलाई उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार जुलुसहित प्यूठान सदरमुकाम खलंगामा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराएपछि वैदिकले प्यूठानको परिवर्तन आफू योग्य रहेको भन्दै सबै मतदातासँग मत मागे । उनले मनपरीतन्त्र विरोध गर्दै र साच्चै मुलुकलाई उन्नत लोकतन्त्रको अभ्यास पुर्याउन, देशलाई लोककल्याणकारी राज्यमा अग्रसर गराउनका आफू उम्मेदवार बनेको बताए ।

रास्वपा प्यूठानका सभापति विकास पोखरेलले देशले परिवर्तन चाहिरहेको वेला प्यूठानले पनि परिवर्तन खोजेको भन्दै वैदिकलाई बिजय गराउन सबैलाई अनुरोध गरे । अघिल्लो निर्वाचनमा पनि चुनाव चिन्ह घण्टीले घण्टी बजाइसकेको अवस्था यसपटक प्यूठानबाट रास्वपाले अत्यधिक मत सहित जित्ने उनले बताए ।

वैदिक लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्रीद्वय डिल्ली चौधरी र जोगवहादुर महराको अर्थविदका रूपमा काम गरिसकेका छन् । युवा अर्थशास्त्री वैदिकले वेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स र नर्वेबाट अर्थशास्त्रमा स्नातकोत्तर हुन् । प्युठान नगरपालिका –१ खैराका वैदिक रास्वपाका केन्द्रीय सदस्य समेत हुन् ।

यस्तै प्यूठानमा एमालेबाट सूर्यवहादुर थापा, नेपाली काग्रेसबाट डा गोविन्द पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय जनमोर्चाबाट तिलक जिसीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया