स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता

वालिङ (स्याङ्जा)। स्याङ्जामा चार जनाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारी फिर्ताको समय तोकेकोमा प्रगतिशील लोकतान्त्रिक पार्टीसहित चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये स्याङ्जाको क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज नेपाली दर्जी आफैँले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।
स्याङ्जा क्षेत्र नं १ मा १३ जनाले उम्मेदवारी दर्ता गराएकोमा एक जनाले फिर्ता लिएपछि अब १२ जना चुनावी मैदानमा उत्रिने भएका हुन् ।
क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार टीकाराम रेग्मीले उम्मेदवारी फिर्ता लिनुभएको सो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो । उनका अनुसार स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम पाण्डे र दिलीप श्रेष्ठ आफैँले तोकिएको अवधिभित्र उम्मेदवारी फिर्ता लिएका छन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया