निशेधाज्ञामा घट्यो कुखुरा मासुको मुल्य

काठमाडौं । कुखुराको मासु अहिले घटेर प्रतिकिलो ३ सय २० रुपैयाँ पुगेको छ । एक महिना अघि काठमाडौं उपत्यकामा प्रतिकिलो ४ सय ५० रुपैयाँ पुगेको थियो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ नेपालका अध्यक्ष जंगबहादुर बिसीले काठमाडौं उपत्यकाका लागि हाल मासुको प्रतिकिलो ३ सय २० रुपैयाँ तोकेकाले सो मुल्यभन्दा बढी लिन नापाउने बताएका छन् ।
कलंकीमा कुखुरा फार्म सञ्चालन गरिरहेका दिपक खतिवडाले मासु पसल र आफ्नोमा फरक हुने बताए । उनले मेरोन्युजडटकमसँग कुरा गर्दै भने, “हाम्रोबाट मासु पसलका पुर्याउँने मिडियरले केही मार्जिन खान्छन्, नियमानुसार तसर्थ महंगो परेको हो, कलंकी नजिकका मासुपसलमा ३ सय रुपैयाँसम्म पनि पाईन्छ ।” गत बर्षको कोरोना को निशेधाज्ञामा नेपालमा कुखुराको चल्लाको प्यारेन्ट अभाव भएपछि चल्लाको मूल्य एकाएक आकाशिएको व्यवसायीहरुले बताउँदै आएका थिए ।
त्यही आाधारमा उनीहरुले मासुको मूल्य पनि बढाएका थिए । तर अहिले खपतमा पनि कमी आएकाले सस्तो भएको प्रष्ट बुझिन्छ । तर मासु पहिलेको भन्दा कम हुनुमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई प्राथमिकता दिएको, विभागका महानिर्देशक प्रकाश पौडेलको भनाई छ । उनले नियम पालना गर्न केही समय लाग्ने भएकाले केही दिन महंगो भएपनि अब समयानुसार परिवर्तन हुनेमा ढुक्क रहन सर्वसाधारणलाई आग्रह गरे ।
यो पनि पढ्नुहोस्
निषेधाज्ञाका बीच बजार अनुगमन सुरु

















सामाजिक सञ्जालमा मात्रै हैन घरघरमा पुगौँः सभापति थापा
चीनबाट प्राप्त सहयोगप्रति प्रधानमन्त्रीद्वारा कृतज्ञता व्यक्त
बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम
कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु
ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
प्रतिक्रिया