ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले विश्वभरका देशहरूमा असमन्जसता र चिन्ता बढाएका छन् । ट्रम्पले केही समय अघि स्विट्जरल्याण्डमा कर लगाउने धम्की दिनुभएका थिए, तर पछि यसलाई फिर्ता लिनुभयो । यसले नाटो जस्ता अमेरिकी मित्र राष्ट्रसँगको सम्बन्धमा अस्थिरता ल्याउने खतरा बढाएको छ ।
विशेषज्ञहरूले ट्रम्पका निर्णयमा व्यक्तिगत मनोभाव, आफ्ना मनपर्ने वा नमनपर्ने नेताप्रति प्रतिक्रिया, ठूलो भूमिका खेल्ने भनेका छन् । ट्रम्पको शासन शैली ट्रम्पको शासन शैली ‘म मात्र यो समस्या समाधान गर्न सक्छु’ भन्ने दृष्टिकोणमा आधारित छ । आफ्नो दोस्रो कार्यकालमा उहाँले यो दृष्टिकोण अझ खुला र आत्मविश्वासी ढङ्गले देखाए ।
उनका नजिकका सल्लाहकारहरूका अनुसार, ट्रम्प निरन्तर ‘अत्यधिक रणनीति’ अपनाएर अघि बढिरहन चाहन्छन् । विश्वका नेताहरूको प्रतिक्रिया क्यानाडाका प्रधानमन्त्री कार्नीले भन्नुभयो, “मध्य शक्ति राष्ट्रहरूले सँगै काम गर्नुपर्छ ।” अर्थात्, अमेरिका बाहेकका देशहरूले आफ्नै साझा रणनीति बनाउन थालेका छन् ।
बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले पनि ट्रम्पका टिप्पणीहरू असभ्य र आपत्तिजनक भन्नुभयो । विशेषज्ञहरूले ट्रम्पको व्यवहारले अमेरिकाको विश्वव्यापी प्रतिष्ठामा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएका छन् । चीनले अमेरिकाको अस्थिर व्यवहारको अवसर लिएर आफ्नो प्रभाव बढाउन सक्छ ।
ट्रम्पका निर्णयहरूले अमेरिकी विदेश नीति अब पुरानै नियम र समझदारीमा आधारित नभएको देखाएको छ । व्यक्तिगत भावना र अस्थिर निर्णयहरूले साथी राष्ट्रसँग असमन्जसता सिर्जना गर्न सक्छ र प्रतिस्पर्धी राष्ट्रको अवसर बढाउन सक्छ ।
















दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया