आइतबार, माघ ११, २०८२

पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु

मेरोन्यूज २०८२ माघ १० गते १९:२४

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिम( पहिरो जादा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना बच्चालाई जीवितै उद्धार गर्न सफल भएको अधिकारीहरूले बताएका छन् ।

यो घटना जिल्लाको पाहाडी क्षेत्रमा भएको हो, जहाँ भारी हिमपातका कारण हिमपहिरो आउदा १० जनाको परिवारलाई हिउँ र भग्नावशेषमुनि पारेको उद्धार प्रवक्ता बिलाल फैजीललाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।

भारी हिमपात र चरम मौसमको अवस्थाले पाहाडी क्षेत्रहरूमा हिमपहिरो लगाएतका घटनाहरूको जोखिमलाई उल्लेखनीय रूपमा बढाएको र बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न र रहन सतर्क रहन आग्रह गरेको उनले बताएका छन् । यस क्षेत्रमा प्रतिकूल मौसमको अवस्था जारी रहँदा उद्धार टोलीलार्ई उच्च सतर्कतामा राखिएको उनले पुष्टि गरेका छन् ।

प्रतिक्रिया