सोमबार, माघ १२, २०८२

राष्ट्रिय सभा : बागमतीबाट कांग्रेसकी देवकोटा र एमालेका दंगाल विजयी

मेरोन्यूज २०८२ माघ ११ गते १८:३८

हेटाैंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट महिलातर्फ गीता देवकोटा र अन्य तर्फका उम्मेदवार डा. प्रेम प्रसाद दंगाल निर्वाचित भएका छन् ।

महिलातर्फ प्रदेश सभाबाट देवकोटाले ६० मतसहित ३१८० मतभार पाइन् । स्थानीयतर्फ १६१ मतसहित ३०५९ गरी देवकोटाले कुल ६ जार २ सय ३९ मतभार प्राप्त गरिन् ।

यस्तै अन्यतर्फ दंगालले प्रदेश सभा तर्फबाट ५९ मतसहित तीन हजार एकसय २७ मतभार पाएका छन् । दंगालले स्थानीय तहतर्फ १६२ मतसहित ३०७८ गरी कुल ६ हजार २ सय ५ मतभार प्राप्त गरे ।

प्रतिक्रिया