सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ

बरहथवा (सर्लाही) । सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
आज लालबन्दी नगरपालिका–१, नवलपुरमा पायल्सको उपचारका क्रममा सोही नगरपालिका–२, पुनर्वास बस्ने अन्दाजी १८ वर्षीया हंशु पासवानको मृत्यु भएको हो । नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयका चिकित्सकले लापरबाही पूर्ण ढङ्गले गलत शल्यक्रिया गरिदिएकाले किशोरीको मृत्यु भएको परिवारको आरोप छ ।
शल्यक्रिया लगत्तै अवस्था गम्भीर बनेपछि किशोरीलाई थप उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटनालगत्तै मृतकका आफन्त तथा स्थानीयले टायर बालेर पूर्व पश्चिम राजमार्गमा केहीबेर सवारी आवागमन अवरुद्ध गरेका थिए ।
सुरक्षा निकायको पहलमा घटनाको निष्पक्ष छानबिन गर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमतिपछि यातायात पुनः सञ्चालन भएको प्रहरी नायब उपरीक्षक राईले बताए । किशोरीको उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया