नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य

काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो। नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्।
ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनीषाले आफ्नो ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्। रुबिना क्षेत्रीले ३ विकेट लिइन्। उनले ४ ओभरमा २३ रन दिइन्।
रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक/एक विकेट आफ्नो नाममा गरे।
मनीषा उपाध्यायले पहिलो ओभरमै २ विकेट लिँदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी छन्।
मनीषाले ओभरको दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्।
स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्।
अब नेपालले जवाफी ब्याटिङ गर्दै छ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया