नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य

काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत स्कटल्यान्डले नेपालसामु जितका लागि १ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो। नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्।
ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनीषाले आफ्नो ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्। रुबिना क्षेत्रीले ३ विकेट लिइन्। उनले ४ ओभरमा २३ रन दिइन्।
रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक/एक विकेट आफ्नो नाममा गरे।
मनीषा उपाध्यायले पहिलो ओभरमै २ विकेट लिँदै नेपाललाई उत्कृष्ट सफलता दिलाएकी छन्।
मनीषाले ओभरको दोस्रो बलमा ओपनर क्याथेरिन फ्रासर र चौथो बलमा डेर्सी कार्टरलाई पेभेलियनको बाटो देखाइन्।
स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जीले सर्वाधिक ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन थपिन्।
अब नेपालले जवाफी ब्याटिङ गर्दै छ।
















भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया