अमेरिकामा आँधी कम्तीमा १० जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाका विभिन्न भागहरूमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ । आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ।
आँधीबेहरीसँगै परेको व्यापक हिम बर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय( केही दिन) सम्म प्रभावित हुनसक्ने बताइएको छ।
अमेरिकी राष्ट्रिय मौसम सेवा( एनडब्ल्यूएस) ले अमेरिकीहरूलाई सोमबार बिहानसम्म मौसममा कुनै सुधार नआउने बताएको छ।
न्यूयोर्कका मेयर जोहरान ममदानीले सप्ताहन्तमा चिसो तापक्रमबीच पाँच जना मृत फेला परेको बताएका छन्। यद्यपि, उन्ले मृत्यु मौसमसँग सम्बन्धित भएको पुष्टि गरेनन । उनले पत्रकारहरूसँग भ,ने “यसपहिले यति अत्यधिक चिसोको मलाई सम्झना छैन।”
टेक्सासमा हिउमा चिप्लिएर खेल्ने खेल( स्लेजिङ) दुर्घटनामा एक १६ वर्षीया किशोरीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
लुइजियानामा अत्यधिक चिसो(हाइपोथर्मिया) का कारण दुई जनाको मृत्यु भएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
‘पावर आउटेज डट कम’ नामक विद्युत सेवा अवरूद्धताबारे जानकारी दिने ‘साइट’मा आइतबार रातिसम्म आँधीबाट बढी प्रभावित क्षेत्रमा आठ लाख ४० हजारभन्दा बढी ग्राहकहरू विद्युतको सेवाबाट बञ्चित भएको उल्लेख गरिएको छ।
लुइसियाना, मिसिसिपी र जर्जियामा पनि करिब तीन लाख मानिस आँधीबेहेरीका कारण सामना गर्नुपरेको विद्युत कटौतीबाट प्रभावित भएका छन् ।
अमेरिकाको सङ्घीय राजधानी वासिङ्टनले कम्तिमा २० राज्यमा सङ्कटकाल घोषणा गरेका छन् ।
वाशिङ्गटनका बासिन्दाहरू विहान उठ्दा फुटपाथ र सडकहरूमा धेरै इन्च हिउँले ढाकिएको पाइएको बताएका छन् ।
संघीय कार्यालयहरू सोमबारका लागि अघिल्लो दिनको मौसमी खरावीसम्बन्धी सूचनापछि बन्द गरिएको छ ।
वाशिङ्गटन, फिलाडेल्फिया र न्यूयोर्कका धेरै प्रमुख विमानस्थलमा लगभग सबै उडानहरू रद्द भएका छन् ।
शनिबारदेखि देश भित्र आउने र बाहिरजाने १९ हजारभन्दा बढी उडानहरू रद्द भएका बताइएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा भनेका छन, “हामी यस आँधीबेहरीको बाटोमा सबै राज्यहरूसँग निगरानी र सम्पर्कमा रहनेछौँ। सुरक्षित र न्यानो रहनुहोस् !
















खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बालेनको स्वागत गर्न पुगेका समर्थक गाडीबाट खसे, ६ जना घाइते
समानुपातिक तर्फको मतपत्र छपाइ सकियाे
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया