भारतीयलाई नेपाली नागरिकता दिलाएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई किर्ते कागजात बनाई नेपाली नागरिकता दिलाएको अभियोगमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले दाङको राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहि), इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, वडा सचिव राजेश कुमार कहार, कार्यालय सहायक मिना चौधरी तथा नागरिकता लिने भारतीय नागरिक आलम जोल्हा र सनाखत गर्ने आएसा जोल्हाविरुद्ध आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (अहिर) र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासको मिलेमतोमा भारतीय नागरिक आलम जोल्हालाई वंशजको नागरिकता दिलाइएको थियो ।
जोल्हालाई नेपाली नागरिकता दिलाउन २०३८ साल माघ १५ गते मृत्यु भइसकेका सनाउल्ला जोल्हाको मृत्युदर्ता प्रमाणपत्रमा मृत्युको मिति सच्याएर २०४१ बनाइ आलमलाई सनाउल्लाको छोरा देखाई २०३९ सालमा जन्मिएको भनी नक्कली जन्मदर्ता बनाइएको आयोगको ठहर छ।
दायर गरिएको मुद्दामा तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र वडाध्यक्ष रामेश्वर यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा कैद र जरिवानाको माग गरिएको छ। त्यस्तै, वडा सचिव राजेश कुमार कहार र कार्यालय सहायक मिना चौधरीलाई ऐनको दफा ११ बमोजिमको सजाय माग गरिएको छ।
















नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया