भारतीयलाई नेपाली नागरिकता दिलाएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिकलाई किर्ते कागजात बनाई नेपाली नागरिकता दिलाएको अभियोगमा दाङको इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले दाङको राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहि), इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, वडा सचिव राजेश कुमार कहार, कार्यालय सहायक मिना चौधरी तथा नागरिकता लिने भारतीय नागरिक आलम जोल्हा र सनाखत गर्ने आएसा जोल्हाविरुद्ध आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार राजपुर गाउँपालिका वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव (अहिर) र इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेमबहादुर खवासको मिलेमतोमा भारतीय नागरिक आलम जोल्हालाई वंशजको नागरिकता दिलाइएको थियो ।
जोल्हालाई नेपाली नागरिकता दिलाउन २०३८ साल माघ १५ गते मृत्यु भइसकेका सनाउल्ला जोल्हाको मृत्युदर्ता प्रमाणपत्रमा मृत्युको मिति सच्याएर २०४१ बनाइ आलमलाई सनाउल्लाको छोरा देखाई २०३९ सालमा जन्मिएको भनी नक्कली जन्मदर्ता बनाइएको आयोगको ठहर छ।
दायर गरिएको मुद्दामा तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र वडाध्यक्ष रामेश्वर यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा कैद र जरिवानाको माग गरिएको छ। त्यस्तै, वडा सचिव राजेश कुमार कहार र कार्यालय सहायक मिना चौधरीलाई ऐनको दफा ११ बमोजिमको सजाय माग गरिएको छ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया