अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु

मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ ।
मृतक मध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको छ ।
चिसोको उच्च जोखिमको समयमा हाइपोथर्मियाको कारण मृत्यु हुनुको मुख्य कारक रक्सीको सेवन भएको एनपिएले जनाएको छ ।
जनवरीको मध्यदेखि, रूसको साइबेरियामा उत्पत्ति भएको चिसो हावा मङ्गोलियाको ठुलो भागहरूमा फैलिए पछि मङ्गोलियाको तापक्रममा गिरावट आएको जनाइएको छ ।
जनवरी–२१ मा, देशको मौसम विज्ञान विभागका अनुसार उत्तरी मङ्गोलियन प्रान्त सेलेन्जको प्रशासनिक उपविभाग एरु सोममा रातको तापक्रम माइनस ४५.२ डिग्री सेल्सियसमा झरेको जनाइएको छ ।
मङ्गोलियामा चिसो तथा जाडो लामो समयसम्म रहने र तापक्रम माइनस २५ डिग्री सेल्सियस र माइनस ४५ डिग्री सेल्सियसको बीचमा हुने जनाइएको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया