हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
मेरोन्यूज
२०८२ माघ १५ गते १३:४६

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् ।
बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले बताए। रुकुम पूर्वतर्फको तीन किलोमिटर सडकमा परेको हिउँ पन्छ्याइरहेको उनले बताए ।
बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकिएमा मात्र सडक सञ्चालन हुने प्रनाउ यादवले बताए ।
काठमाडौंबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बस हिमपातका कारण पातिहाल्नामा फस्दा यात्रुलाई बुधबार उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङको बुर्तिबाङ लगिएको थियो ।
सम्बन्धित














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया