झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै

झापा– झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ देखि फागुन ४ गतेसम्म हुने भएको छ ।
बिर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र मलेसियाका गरी १० प्रतिष्ठित टोलीको सहभागिता रहने छन् ।नेपालबाट आयोजक झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभूवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी र लालीगुराँस एसोसिएसन नेपाल पोखरा सहभागी हुनेछन् ।
त्यस्तै प्रतियोगितामा अन्तर्राष्ट्रिय टोलीमा रोयल थिम्पु कलेज (भुटान), सिंग्लिङ स्पोर्टिङ क्लब (भारत) र एन पेनाङ एफसी (मलेसिया) रहनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ ।
यो संस्करणमा पुरस्कार राशि वृद्धि गरी प्रथम पुरस्कार १५ लाख र द्वितीय पुरस्कार नगद सात लाख ५० हजार बनाइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विधागत पुरस्कारतर्फ ‘मस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकल प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद २५ हजार प्रदान गरिने जनाइएको छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया