मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता

संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि नौ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ ।
अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छन्, जसले क्षेत्रीय हवाई र मिसाइल रक्षा क्षमता बढाउनेछ । इजरायलले बख्तरबन्द ,३० वटा ‘एपाच’ हेलिकप्टर र तीन हजार २५० हल्का ट्याक्टिकल वाहनहरू खरिद गर्ने छन् ।
एपाच हेलिकप्टर र उपकरणको लागत तीन अर्ब ८० करोड अमेरिकी डलर र हल्का ट्याक्टिकल वाहनको लागत एक अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ । अमेरिकी प्रशासनले यी बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा प्रतिकूल असर नपर्ने र दुबै देशलाई आफ्नो सीमा र जनसङ्ख्या केन्द्रको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने भनेका छन् ।
यद्यपि केही अमेरिकी नेताहरूले यस सम्झौता अघि बढाइएको आरोप लगाएका छन् । यो निर्णय मध्यपूर्वमा बढ्दो तनाव र सम्भावित सैन्य गतिविधिसँग सम्बन्धित रूपमा आएको हो ।
















‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया