कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा

लेखनाथ (कास्की) । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताएका छन् ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उनले नेपाली कांग्रेसमा अब कुनै गुट नभएकाले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस सुशासन, समृद्धि, महङ्गी नियन्त्रण गर्ने अभियानमा सधैँ लागिरहेको उल्लेख गर्दै उनले युवाका मागलाई सम्बोधन गर्दै कांग्रेसअगाडि बढ्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस खुला किताब हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रुपमा आफ्ना हरेक गतिविधि गर्नसक्ने वातावरण कांग्रेसमा मात्र छ ।’
कांग्रेसकोतर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका माधवप्रसाद बास्तोलाले नेपाली कांग्रेसले जेनजीका मागलाई समेटेर अगाडि बढ्ने बताउँदै कांग्रेस पार्टी सभापति पनि युवालाई नै सुम्पिएको बताए ।
कांग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसलाई नेपाली जनताले विश्वास गर्ने दाबी गरे ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया