लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने

काठमाडौँ।स्वस्थानी देवी एवं माधवनारायण मेलाको अन्तिम दिन आज लाखौँ भक्तजन साँखुस्थित शालीनदी पुगेका छन् । साँखुस्थित शालीनदीमा लाग्ने माधवनारायण मेलाको अन्तिम दिन परेकाले एकै दिन हजारौँ भक्तजन आएका शालीनदी सुधार तथा व्यवस्थापन समितिले जनाएको छ ।

एकै दिन हजारौँ भक्तजन आएपछि व्यवस्थापनका लागि मुस्किल परेको समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए । शुक्रबार र शनिबार पनि शालीनदीमा हजारौँ भक्तजन पुगेका थिए । भक्तजन धेरै भएपछि आज थलीदेखि सवारी चाप बढेको समितिले जनाएको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदी मेला लाग्छ । यस अवधिमा यहाँ आएर स्नान गरेर माधवनारायण र स्वस्थानी देवीको पूजाआराधना गरेमा पुण्य पाइने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ बर्सेनि यहाँ हजारौँ भक्तजन आउने गरेका छन् । एक महिना अघिदेखि सुरु भएको माधवनारायण मेला आज सकिने समितिले जनाएको छ । यस वर्ष १६२ महिला र १५ पुरुषले माधवनारायणको कठोर व्रत गरिरहेका छन् । आज राति माधवनारायणका वर्तालुले अश्वमेध यज्ञ गरी व्रत समापन गर्ने समितिले जनाएको छ ।

















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया