श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रवक्ता लीलाराज लामिछानेका अनुसार रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर मङ्गलबार बिहान २ बजेतिर श्रीमती अम्बिका कुमारी मण्डलको हत्या गरी आफूूले आत्महत्या गरेका हुन् । मुकेश राति नै ससुराली पुुगेका थिए ।
मुकेशको घर र ससुराली घरको दूरी एक किलोमिटर भित्र पर्छ । विराटनगर बस्दै आएका दुबै जनाबिच घरायसी विवाद भएपछि अम्बिका माइत बस्दै आएकि थिइन् ।
श्रीमातले चक्कुले प्रहार गर्दा अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल लगायत विज्ञ टोली घटनास्थल पुगेर दुुबै शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जानकारि दिएकाे छ । प्रहरीका अनुसार उनीहरूको विवाह गत मङ्सिर १२ गते भएको थियो ।
















प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा ‘दिपल एस०७’
52 polling stations in Jumla are highly sensitive
नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया