अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु, ३ सय भन्दा बढी घाइते

अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सन् २०२५ मा देशभर बारुती सुरुङ विस्फोटका कारण कम्तीमा ८७ जनाको मृत्यु हुनुका साथै ३३३ जना घाइते भएको जनाएको छ ।
विगत एक वर्षमा अफगानिस्तानमा खानी विस्फोट र बारुती सुरुङ विस्पोटको परिणामस्वरूप कुल १९३ वटा विस्फोट घटनाहरू रेकर्ड गरिएको प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएका छन् । उनले कुल हताहतको ६७ं५ प्रतिशत बालबालिका रहेकोसमेत उल्लेख गरेका छन् ।
सोही अवधिमा जमिनबाट खतराहरू हटाउन निकासी अपरेसनहरू भए पनि, अझै अधिकारीले एक लाख ६० हजार वर्ग किलोमिटर भन्दा बढी अफगान क्षेत्रमा खानी र बारुती सुरुङ रहेको जनाइएको छ ।
प्रतिवेदनले युद्धका विस्फोटक अवशेषहरूबाट विश्वको सबैभन्दा गम्भीर रूपमा प्रभावित राष्ट्रहरू मध्ये एकको रूपमा अफगानिस्तानलाई देखाएको छ । संयुक्त राष्ट्र सङघले हालै बारुती सुरुङ र गोलाबारुदका कारण हुने हताहतका लागि अफगानिस्तानलार्ई विश्वव्यापी रूपमा तेस्रो स्थानमा राखेको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया