मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु

नाइजेरियाको मध्य क्वारा राज्यका दुई गाउँमा मङ्गलबार राति अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्तीमा १०० जनाको मृत्यु भएको स्थानीय स्रोतले बुधबार जानकारी दिएको छ । अज्ञात बन्दुकधारीले रातिको समयमा ‘काइमा’ को स्थानीय सरकारको शासन क्षेत्रको वोरो र नुकु समुदायमा आक्रमण गरेका थिए र बुधबार बिहान फर्किएका थिए । उनीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाएर आक्रमण गरेका थिए भने केही घरहरूमा पनि आगजनी गरेका थिए ।
नाइजेरियाली रेडक्रस सोसाइटीका एक अधिकारीले भने, “अघिल्लो दिन मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको थियो तर बुधबार दिउँसोसम्म बन्दुकधारीले दोस्रो आक्रमण गरेपछि यो सङ्ख्या बढेर १०० भन्दा बढी पुगेको छ । बाँचेका व्यक्ति र स्थानीय सुरक्षा दलले राज्य सुरक्षा बल आउनुअघि बुधबार खोजी र उद्धार कार्य सुरु गरेका थिए।
क्वारा राज्य सरकारले बुधबार हत्याको निन्दा गरेको छ र यसलाई ‘जारी सुरक्षा अभियानहरूमा आतङ्कवादी समूहहरूको हताश प्रतिक्रिया’ को रूपमा वर्णन गरेको छ। क्वारा राज्यका गभर्नर अब्दुलरहमान अब्दुलरजाकले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै सुरक्षा निकायलाई त्यस क्षेत्रमा कारबाही बढाउन निर्देशन दिइएको बताएका छन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया