सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा भुवन नगरकोटीको फराकिलो अग्रता

महोत्तरी । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको खेल समाप्त हुँदा भुवन नगरकोटीले फराकिलो अग्रता लिँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन् ।
पार–७२ को मिथिला नगरी आर्मी गल्फ क्लबमा बुधबार सम्पन्न दोस्रो राउन्डमा भुवनले बोगीरहित दुई अन्डर ७० को उत्कृष्ट प्रदर्शन गरे । ३६ होलको खेल सकिँदा उनले समग्रमा सात अन्डर १३७ स्कोर बनाएका छन् । उनले दोस्रो स्थानमा संयुक्त रूपमा रहेका टंकबहादुर कार्की र भुवनकुमार रोक्कालाई छ स्ट्रोकले पछि पारेका छन् । टंक र भुवनकुमार दुवैले समग्रमा एक अन्डर १४३ स्कोर बनाएका छन् ।
दोस्रो राउन्डमा टंकले एक अन्डर ७१ खेले भने भुवनकुमार रोक्काले दुई ओभर ७४ स्कोर गरे । सुमन परियार दुई अन्डर ७० सहित समग्रमा इभन पार १४४ स्कोरका साथ चौथो स्थानमा छन् ।
कुल एक ओभर १४५ स्कोरसहित नेपालका नम्बर एक व्यावसायिक गल्फर निरज तामाङ, सुमन राई र धनबहादुर थापा संयुक्त पाँचौँ स्थानमा छन् । सञ्जय लामाले एक अन्डर ७१ खेलेर कुल दुई ओभर १४६ स्कोरसहित आठौँ स्थानमा उक्लिएका छन् ।
जयराम श्रेष्ठ र दिनेश प्रजापतिले तीन ओभर १४७ स्कोरसहित संयुक्त नवौँ स्थान बाँडेका छन् । जयरामले दिनकै उत्कृष्ट तीन अन्डर ५९ स्कोर बनाए भने दिनेशले दुई ओभर ७४ खेले ।
आठ ओभर १५२ स्कोरमा कट लागु भएको छ । कट पार गर्दै अठार व्यावसायिक र दुई एमेच्योर गल्फर अन्तिम राउन्डमा प्रवेश गरेका छन् । व्यावसायिकतर्फ कुमार कामी, रवि खड्का, रमेश अधिकारी, प्रदीपकुमार लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई, सबिन सापकोटा र दीपक मगरले कट पार गरेका छन् ।
एमेच्योरतर्फ प्रकृत तामाङ तीन ओभर १४७ स्कोरसहित शीर्ष स्थानमा छन् । उनी समग्रमा संयुक्त नवौँ स्थानमा रहेका छन् । प्रकृत पाँच ओभर १४९ स्कोरसहित दोस्रो स्थानमा रहेका सुन्दर राईभन्दा दुई स्ट्रोकले अगाडि छन् । सुन्दरले दोस्रो राउन्डमा दुई ओभर ७४ खेले ।
शीर्ष स्थानमा रहेका भुवनले चौथो र नवौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन दुई अन्डर ३४ मा सकाए । त्यसपछि ब्याक नाइनका सबै होलमा पार जोगाउँदै इभन पार ३६ खेले । यसअघि मंगलबार उनले यही मैदानमा पाँच अन्डर ६७ स्कोर बनाउँदै कोर्स रेकर्ड कायम गरेका थिए ।
सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल पीजीएद्वारा आयोजित ५४ होलको यस प्रतियोगितामा ३० व्यावसायिक र छ एमेच्योर गरी कुल ३६ गल्फर सहभागी छन् । प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ७० हजार, उपविजेताले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १८ स्थानमा रहने खेलाडीले नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
प्रतिक्रिया