किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?

मोरङ। मोरङको बिराटनगरका सशस्त्र प्रहरी बलका चारजना डिआईजी र भारतको सशस्त्र सीमा बल (एसएसबीका) पाँचजना डिआइजी आजबाट छलफलमा जुटेका छन् ।
दुइदिन सम्म चल्ने बैठकमा सशस्त्र प्रहरीका कोशी , मधेस, बागमतीर गण्डकी प्रदेशका डिआइजीहरु सहभागी छन् भने भारतर्फका यी चार प्रदेशसँग सीमा जोडिएका पश्चिम बंगाल र बिहारका एसएसबीका पाँचजना डिआईजी सहभागी छन् ।
आउँदो फागुन २१ गते हुन गइरहेको नेपालको निर्वाचनलाई लक्षित गर्दै यो बैठक डाकिएको सशस्त्र प्रहरी बलका एक डिआईजीले मेरोन्यूजलाई जानकारी दिए । बैठकमा विशेषत निर्वाचन अवधीमा खुलासीमाको फाइदा अपराधिक तत्वहरुले नउठाउन भन्ने पक्षमा आवश्यक रणनिती र योजना बनाईने छ ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदी निर्वाचनमा दुरुपयोग रोक्न समेत दुई पक्षबीच छलफल हुनेछ । निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न निर्वाचन अवधिभर सिमामा निगरानी , गस्ती , पेट्रोलिङ, सतर्कता बढाइदिन नेपालीपक्षले एसएसबीलाई आग्रह गर्नेछ ।
त्यसका लागि एसएसबीको विशेष सहयोगको अपेक्षा आफुहरुले गरेको नेपाली पक्षको भनाइ छ । यस अघी गत असोजमा निर्वाचनका क्रममा भारतको बिहार प्रदेशसँग सिमा जोडिएका नेपालका पाँच प्रदेशका सशस्त्र प्रहरी बलका डिआइजी बिहारमा भेला भएका थिए ।
बिहारसँग सिमा जोडिएका कोशी प्रदेश, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका सशस्त्र प्रहरीका डिआइजी बिहार प्रदेश सरकार त्यहाँको एसएसबीको निमन्त्रणामा बिहारमा भेला भएकाेमा नेपालको सन्दर्भमा यसपटक त्यसैगरी भारतीय पक्षलाई निर्वाचनका लागि आमन्त्रण गरेर छलफल गरिएको हो ।
















भुटानमाथि नेपालको २–१ को जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रतिक्रिया