राष्ट्रपति र प्रधानमन्त्री संसद् विघटन गरेर संविधान फाल्ने षडयन्त्रमा लागे – नेता पाैडेल

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गरेर संविधान फाल्ने षडयन्त्रमा लागेकाे आराेप लगाएका छन् ।
‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो’, उनले भने ।
सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन रहेपनि एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन उनले बताए ।
नेता पाैडेलले सम्पूर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न अपिलसमेत गरेका छन् ।
नेपाली कांग्रेसकै नेता रमेश लेखकले पनि राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानकाे खिल्ली उडाएकाे बताएका छन् ।
















Thailand votes in early election with 3 main parties vying for power
हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा
सानिमा रिलायन्स इन्स्योरेन्स ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर’ अवार्डबाट सम्मानित
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
Girl dies, one injured in elephant attack
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज कति छ सुनको भाउ ?
Former PM Bhattarai bereaved of father
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया