रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेन्डाका हिसाबले कम्युनिष्ट पार्टी नै देशको सबैभन्दा नयाँ शक्ति भएको बताएका छन् ।
उनले रास्वपा लगायत पछिल्लो समय उदाएका नयाँ दलहरूप्रति लक्षित गर्दै पुरानो पुँजीवादी व्यवस्थाकै वकालत गर्नेहरू नयाँ हुन नसक्ने तर्क गरे।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको सल्यान-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘अहिले मानिसहरूले नयाँ र पुरानोको कुरा गरेका छन्। के हो नयाँ ? उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ? सबभन्दा पुरानो तपाईंहरू हो भन्ने मेरो आरोप छ।’
दाहालले देशको व्यवस्था बदल्ने र अग्रगामी एजेन्डा स्थापित गर्ने शक्ति नै वास्तविक अर्थमा नयाँ हुने जिकिर गरे।
उनले भने, ‘गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छ देशमा ? आजको सबैभन्दा नयाँ भनेको गणतन्त्र हो, जसको नेतृत्व हामीले गर्यौं। ७२ को संविधानभन्दा नयाँ केही छ ? महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारुलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ मुद्दा अरु कसैले ल्याएको छ ?’
दाहालले नयाँ र पुरानोको निधो विचार, एजेन्डा र सङ्घर्षले गर्ने भन्दै गर्वका साथ जनतामा जान कार्यकर्तालाई निर्देशन दिए।
‘त्यसैले गर्वका साथ भन्नुस् सबैभन्दा नयाँ हामी हौं,’ दाहालले भने, ‘यो राष्ट्र र जनताको बृहत्तर हितका निम्ति, राष्ट्रिय एकता र परिवर्तनका निम्ति हाम्रो पार्टी नै सबैभन्दा नयाँ र नेतृत्वदायी शक्ति हो।’

















शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया