राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई द्वन्द्वमा लैजाने षडयन्त्र गरे : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र गरेको बताएका छन् । नेपालको संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिई वा राजीनामा नै नगरी संविधानको धारा ७६(५) लागू गर्नु र सोही अनुसार राष्ट्रपति अघि बढ्नुले संविधानको धज्जी उडेको कोइरालाले भनाई छ ।
कोइरालाले फेसबुकमा लेखेका छन् ‘संविधानको धारा ७६(३)अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६(५) लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो ।’
।
राष्ट्रपतिले प्रधानमन्त्री दाबी गर्न आज बेलुका ५ बजेसम्मको समय दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।
















अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया