आईसीयू र भेन्टिलेटरमा उपचार गराउने कोरोना संक्रमितको संख्या बढ्दै
१ हजार ७४८ संक्रमितले आईसीयूमा उपचार

काठमाडौं । पछिल्लो समय अस्पताल आउने अधिकांश संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउँदै आएका छन् । कोरोना संक्रमितमा अक्सिजनको कमी हुदाँ भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको उनीहरु बताउँछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १ हजार ७४८ संक्रमित आईसीयूमा उपचार रहेका छन् भने सोही मध्ये ४९२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ५६, प्रदेश २ मा ५१, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३१४ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ३६, लुम्बिनीमा १५, कर्णालीमा ८ र सुदूरपश्चिममा १२ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।
आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ९४० उपचाररत छन् । प्रदेश १ मा १९१, प्रदेश २ मा २२५, गण्डकी प्रदेशमा १३३, लुम्बिनीमा १५३, कर्णालीमा ५९ र सुदूरपश्चिम प्रदेशमा ४७ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको छ ।
हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८५२ रहेको छ । मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको मन्त्रालयले जनाएको छ ।










सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम
कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया