पूर्वी – प्रशान्त महासागरमा भएको पछिल्लो अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु

पूर्वी प्रशान्त महासागरमा लागु–औषध तस्करीको आशङ्कामा एक डुङ्गालाई लक्षित गरी गरिएको अमेरिकी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै एक जना घाईते भएको अमेरिकी सेनाले जनाएको छ । सेनाले यो आक्रमण समुद्री लागु–औषध तस्करीको बिरूद्ध चलिरहेको अभियानको एक स्वरुप भएको उल्लेख गरेको छ ।
अमेरिकी रक्षा विभागको सामाजिक सञ्जालको पेजमा पोस्ट गरिएको एक विज्ञप्तिमा युएस साउदर्न कमान्ड (साउथकम) ले संयुक्त टास्क फोर्स साउदर्न स्पियरले लागु–औषध तस्करी मार्गहरूमा अभियान सञ्चालन गरिरहेको र अवैध लागु औषध ओसार पसारमा संलग्न डुङ्गा माथि आक्रमण गरेको बताइएको छ ।
सन् २०२५ सेप्टेम्बरमा सुरु गरिएको “साउदर्न स्पियर” अभियान–अन्तर्गत क्यारिबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा संदिग्ध लागु औषध तस्करी गर्ने डुङ्गाहरू विरुद्ध अमेरिकी सैन्य कारबाहीको श्रृङ्खलामा आक्रमण भएको जनाइएको छ ।
अभियान सुरु भएदेखि भएको आक्रमणमा कम्तिमा १३० जना मारिएको रिपोर्ट गरिएको छ, भने कानुनी विशेषज्ञहरू र अधिकार समूहहरू बीच अन्तर्राष्ट्रिय जलमार्गमा त्यस्ता अपरेसनहरूको वैधानिकता र निरीक्षणको बारेमा बहस सुरु भएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया