टिजर सार्वजनिक गर्दै सामसङले दियो नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत

काठमाडाैं । सामसङले चाँडै बजारमा नयाँ एआई ड्रिभन स्मार्टफोन ल्याउने संकेत गरेको छ । केहीँ टिजरहरूको शृङ्खला सार्वजनिक गर्दै कम्पनीले यसको संकेत गरेको हो ।
यद्यपि, कम्पनीले आधिकारिक विवरणहरू भने अझै खुलाइएको छैन । तर एउटा टिजरले स्मार्टफोनको अनुभवलाई रूपान्तरण गर्न सक्ने राम्रो संकेत गरेको छ । सम्भावित रूपमा डिस्प्ले इन्टेलीजेन्स वा उपकरणमा रहेको एआईसँग सम्बन्धित छ, जबकी अर्कोले सामसङको लोकप्रिय नाइटोग्राफी फिचरतर्फ औंल्याएको छ ।
त्यसो त सामसङको संकेतले अपग्रेड स्मार्ट फोनको लक्ष्यण देखाएको छ । यी संकेतहरूले पहिले नै कुराकानी सुरु गरिसकेका छन्, जसले गर्दा सामसङले अब के अनावरण गर्न सक्छ भन्ने सबैमा चासो बढाएको छ । नेपालभित्र ग्यालेक्सी फ्ल्यागसिपको सफलतामाथि टेकेर, सामसङले दैनिक प्रयोगलाई अझ स्मार्ट र सजिलो बनाउने योजनातर्फ ध्यान दिइरहेको प्रस्ट हुन्छ ।
टीजरमार्फत संकेत गरिएको अनुभव अन–डिभाइस एआई द्वारा सञ्चालित एक इन्टेलीजेन्ट डिस्प्ले लेयरमा केन्द्रित देखिन्छ, जसले कन्टेन्टलाई रियल टाइममा गतिशील रूपमा अनुकूलन गर्छ । यसको प्रयोगकर्ताहरूले दैनिक विभिन्न परिस्थितिहरूमा आफ्नो स्क्रिन कसरी हेर्छन्, कसरी अन्तर्क्रिया गर्छन् र कसरी संलग्न हुन्छन् भन्ने अनुभवलाई अझ प्रभावकारी बनाउँछ ।
टीजरमार्फत संकेत गरिएको सबैभन्दा चासो जगाउने सम्भावनाहरूमध्ये एक भनेको अन–स्क्रिन प्राइभेसीप्रति नयाँ दृष्टिकोण हो । उन्नत डिस्प्ले प्रविधिहरू र अन–डिभाइस इन्टेलिजेन्सको उपयोग गरेर सामसङले आजको अन द गो जीवनशैलीको लागि डिजाइन गरिएको एआई–संचालित प्राइभेसी तह प्रस्तुत गर्ने तयारी गरिरहेको हुन सक्छ ।
प्रतीक्षा थपिँदै जाँदा, सामसङ नेपालको नयाँ टिजरले चाँडै नै नयाँ इन्टेलीजेन्सको तह खुलासा हुनसक्ने संकेत दिएको छ ।
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
रुद्रवेणी–वामीटक्सार सडक आजदेखि अवरुद्ध हुने
प्रतिक्रिया