बाँकेमा थप १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेका अस्पतालमा भर्ना भएका थप १२ कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा ७ जना र कोहलपुरस्थित शिक्षण अस्पतालमा ५ जना गरी १२ जनाको निधन भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुने १२ जनामध्येमा ७ जना बाँकेका रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका २ निवासी ३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका १३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका ७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका ३ का ६७ वर्षीय पुरुष, खजुरा गाउँपालिका ३ का ६७ वर्षीय पुरुष, सल्यान कपुरकोट गाउँपालिका ४ का ४४ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका ४ बाँके निवासी ४३ वर्षीया महिलाको गए राति निधन भएको हो ।
यसैगरी कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका १० निवासी ४० वर्षीया महिला, बर्दिया गुलरिया नगरपालिका ६ निवासी ५५ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका ३ निवासी ३३ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका ८ बाँके निवासी ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका ६ बाँके निवासी २५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट दुई सय ६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा दुई सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया