चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका हुन् ।
दुवै मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढेको सभामुखको सचिवालयले जनाएको छ । जिल्ला अस्पताल र अरु स्वास्थ्य संस्थामा अक्सिजनको चरम अभावपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएकाले स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तत्काल दुई हजार एन्टिजेन किट र बिरामीका लागि अक्सिजन उपलब्ध गराउन माग गरेको थियो । अबको केही सातामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यले मूर्त रुप लिने सभामुखको सचिवालयले जिकिर गरेको छ ।
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
प्रतिक्रिया