हेटौँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला निवासी २८ वर्षीय जगदीश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार दाडको राप्ती गाउँपालिका ६ निवासी २२ वर्षीय आदित्य चौधरी घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिए ।
मोटर साइकललाई ठक्कर दिने टिपर र चालक हेटौँडा उपमहानगरपालिका १५ भोर्ले निवासी २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया