शनिबार, फागुन ९, २०८२

आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल

मेरोन्यूज २०८२ फागुन ९ गते ६:४१

काठमाडौं ।आज २०८२ साल फागुन ९ गते शनिबार फागुन शुक्ल पक्षको चतुर्थी तिथि । अन्तर्राष्ट्रिय मातृभाषा दिवस । तदनुसार सन् २०२६ फेब्रुअरी २१ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

Advertisement
nepal life insurencenepal life insurence

मेष : फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला।

वृष : मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। भविष्यका लागि नयाँ काममा जग बसाउने अवसर जुट्नेछ।

मिथुन : मेहनत गर्दा भाग्योन्नतिको समय छ। सामुदायिक तथा सेवामूलक कामले पद–प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कर्कट : उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्य कमजाेर रहे पनि कामको चाप बढ्नेछ। परिबन्धले केही समस्या निम्त्याउन सक्छ। पहिलेकाे समस्या सुल्झाउन पनि निकै परिश्रम गर्नुपर्ला। सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। ठूलाे उपलब्धि नभए पनि पहिलेकाे साख जाेगाउन सकिनेछ। नयाँ काममा भने केही अलमल हुनेछ।

सिंह :अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमश: सुधार आउनेछ।

कन्या : व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। रमाइलाे यात्रा हुनुका साथै स्वादिष्ट खानपानकाे समेत आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। दिगो फाइदा हुने योजना समेत कार्यान्वयन गर्न सकिनेछ।

तुला :छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ।

वृश्चिक : मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर बनाउन सक्छ। तापनि, कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछन्। तर, गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा धेरै समय जुट्न नसकिएला।

धनु :हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। परिस्थितिवश नियमित काम अधुरो रहला। बेसुरमा थालेकाे काम बिग्रन सक्छ। नतिजा कमजोर देखिनाले काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। तत्कालको फाइदा हेर्दा लाभांश गुम्न सक्छ।

मकर :प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

कुम्भ :अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

मीन :पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया