प्रधानमन्त्री नियुक्ति प्रक्रिया
सकियो समयसीमा, राष्ट्रपतिले दुवै दाबीमा अध्ययन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानाको धारा ७६(५) अनुसारको नयाँ सरकार गठनका लागि आह्रवान गरेको २१ घण्टे समयसीमा सकिएको छ । उनले हिजो साँझ आज ५ बजेसम्मका लागि प्रधानमन्त्री दाबी गर्न संसदका सदस्यहरुलाई आह्रवान गरेकी थिइन् ।
निर्धारित समयसीमा भित्र प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुतु गरेका छन् । तर दुवैले दाबी गरेकामा एमाले र जनता समाजवादी पार्टीका नेताहरु कतिपयको हस्ताक्षर दुवैतिर प्रयोग भएको छ । प्रधानमन्त्री ओलीले १५३ र देउवाले १४९ सांसदसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।
ओलीले हस्ताक्षरभन्दा पनि एमाले दलको नेताका रुपमा आफ्नो र जनता समाजवादीका तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षरसहित जसपाको समर्थन रहेको पत्र बुझाएका छन् । देउवाले भने कांग्रेस, नेकापा (माओवादी केन्द्र), जसपा, एमालेको माधव नेपाल समूह र जनमोर्चाका सांसदको हस्ताक्षरसहित बुझाएका छन् ।
दुवै पक्षले बहुमत दाबी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए । ‘अब राष्ट्रपतिले उहाँहरुले पेश गर्नुभएको आधार हेर्नुहुन्छ । अध्ययन गर्नुहुन्छ, त्यसपछि भन्न सकिएला,’ ढकालले भने ।










जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया