नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ चार पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ दुई पैसा र बिक्रीदर १८७ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ चार पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ चार पैसा र बिक्रीदर १०६ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११५ रुपैयाँ आठ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ एक पैसा र बिक्रीदर २१ रुपैयाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २२ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८ रुपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

















मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
बैतडीमा निर्वाचन प्रहरीको निधन
कांग्रेसकाे तर्फबाट राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग
अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
प्रतिक्रिया