स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा
मेरोन्यूज
२०८२ फागुन १५ गते ८:५९

स्याङ्जा । स्याङ्जा जिल्लाका ८ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।
४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका ५ नगरपालिका र ३ गाउँपालिकामा स्थानीय सरकारले आज एक दिन सार्वजनिक बिदा दिएका हुन् । ३ पालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।मगर जातिको बाहुल्य रहेका वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिकाले सार्वजनिक बिदा दिइएको हो ।
११ वटा स्थानीय तह रहेको स्याङ्जामा अर्जुन चौपारी, फेदिखोला, आँधीखोला गाउँपालिकाले भने सार्वजनिक बिदा दिएका छैनन् ।सार्वजनिक बिदाको दिन वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरू बन्द छन् ।
सम्बन्धित
















कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया