अस्ट्रेलियामा सामूहिक रुपमा नेपाली समुदायले मनाए होली

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले मौलिक धर्मसंस्कृतिको जगेर्ना गर्दै हर्षाेल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् ।
हाम्रो क्लव–अस्ट्रेलियाले फागुपूर्णिमाको उपलक्ष्यमा सिड्नीमा आयोजना गरेको फागु उत्सवमा बालबालिका, युवायुवती र वृद्धवृद्धासमेतको उल्लेख्य सहभागिता थियो ।
सिड्नीस्थित नेपाली समुदायका अगुवा एवम् फागु पर्व आयोजक विवेक सापकोटाका अनुसार सनातन धर्मसंस्कृतिको जगेर्ना, नेपालीबीच भाइचाराको सम्बन्ध विस्तार र मनोरञ्जन प्रदान गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सोचेभन्दा बढी नेपालीको उपस्थिति थियो ।
फागु पर्वसँग सम्बन्धित नेपाली गीतसङ्गीतको तालमा नाचगान गर्दै विशेष खाद्य परिकार ग्रहण गरी पर्व मनाइयाे ।
आयोजक सापकोटाले भने, “भौगोलिक रूपमा नेपालबाट टाढा रहेपनि धार्मिक तथा सांस्कृतिक हिसावले हामीजस्ता परदेशीको मन नेपालमै छ । फागु पर्वको उपलक्ष्यमा सिड्नी सहरसहित आसपास बसोबास गर्ने नेपाली समुदायको उपस्थितिमा हर्षाेल्लासका साथ फागु खेलेर पर्व मनायौँ । फागु पर्वका माध्यमबाट व्यस्त दैनिकीका बीच अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई एक ठाउँमा ल्याउन सफल भयौँ । अब अर्काे वर्ष गुणात्मक रूपमा अझ धेरै नेपालीलाई समेटेर मनोरञ्जनात्मक कार्यक्रमसहित फागु पर्व मनाउने सोच बनाएका छौँ ।”

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया