विपक्षी गठबन्धनको संयुक्त बैठक ११ बजे बस्दै
मेरोन्यूज
२०७८ जेठ ८ गते १०:१०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ । शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनको संयुक्त बैठक बस्न लागेको हो ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष राष्ट्रिय जनमोर्चा सहभागिता रहने छ ।
शुक्रबार बेलुकी ५ बजेसम्म प्रधानमन्त्रीमा दावी केपी ओली र शेरवहादुर देउवा गरेका थिए तर राष्ट्रपतिले मध्यरातमा दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषण गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकेकी छन् । राष्ट्रपतिको यो कदमलाई विपक्षी दलका नेताहरुले चर्को आलोचना गरिरहेका छन् ।
सम्बन्धित
















अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया