इजरायल – इरान युद्ध नयाँ चरणमा, तेहरानमा भीषण आक्रमण

इजरायलले इरानविरुद्ध सुरु भएको युद्धलाई ‘नयाँ चरण’ मा प्रवेश गराएको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ । युद्ध सातौँ दिनमा पुगेको बेला दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण तीव्र बनेका छन् भने यसको प्रभाव मध्यपूर्वका अन्य देशहरूमा पनि फैलिएको देखिएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान तेहरानमा शक्तिशाली विस्फोटसहित आक्रमण भएका छन् । इजरायलले त्यसअघि राजधानीमा ‘शासन पूर्वाधार’ लक्षित गरी प्रहार गर्ने घोषणा गरेको थियो । इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले अमेरिका–इजरायल संयुक्त अभियान अब अर्को चरणमा पुगेको र यसले इरानको शासन संरचना तथा सैन्य क्षमतामाथि थप आक्रमण गर्ने चेतावनी दिएका थिए । उनले अझै थप ‘अप्रत्याशित कदम’ आउन सक्ने सङ्केत पनि गरेका छन् ।
अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले पनि इरान र तेहरानमाथि प्रयोग गरिने सैन्य शक्ति नाटकीय रूपमा बढ्ने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्व परिवर्तनको विषयमा आफू संलग्न हुनुपर्ने बताएका छन्। अमेरिका–इजरायलको प्रारम्भिक आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएपछि नयाँ नेतृत्वको विषय चर्किएको छ ।
ट्रम्पले खामेनीका छोरा मोज्ताबा खामेनी सम्भावित उत्तराधिकारी हुन सक्ने अनुमान अस्वीकार गर्दै उनलाई ‘हल्का वजन’ भएको टिप्पणी गरेका छन् । उनले इरानमा ‘सद्भाव र शान्ति ल्याउने’ नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
द्वन्द्वको प्रभाव इजरायल र लेबनानसम्म फैलिएको छ । इरान समर्थित हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले लेबनानमा हवाई आक्रमण गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार ती आक्रमणमा कम्तीमा १२३ जनाको मृत्यु भएको छ । बेरुतका दक्षिणी उपनगरहरूबाट दशौँ हजार मानिस विस्थापित भएका छन् र धेरै परिवार समुद्र तटमा अस्थायी रूपमा बस्न बाध्य भएका छन् ।
















काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
समानुपातिक मतगणना जारी, रास्वपाको अग्रता
काठमाडौं – ६ बाट रास्वपाका शिशिर खनाल विजयी
ओलीभन्दा बालेन ९ हजार बढी मतले अगाडि
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
प्रतिक्रिया