शनिबार, फागुन २३, २०८२

काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

मेरोन्यूज २०८२ फागुन २२ गते १८:१६

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ २४ हजार ५ सय ९२ मत ल्याएर विजयी भएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

उनका निकटम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ र राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत पाएका छन् ।

प्रतिक्रिया