धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि

धनकुटा । सुरुआती अग्रता लिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।
एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि छन्। एमालेका राईले एक हजार ४० र श्रम संस्कृतिका राईले एक हजार ५९० मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका दिनेश राईले ५९०, रास्वपाका दिनेश भण्डारीले १४४ मत, जसपा नेपालका आइतराज लिम्बूले ६७ मत प्राप्त गरेका छन् । कुखुराको भाले चिह्नका मङ्गोल नेसनल अर्गनाइजेसनले हालसम्म एउटा पनि मत पाएको छैन ।
अन्य दलका उम्मेदवारले तीनदेखि ३५ मत पाएका निर्वाचन कार्यालय धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिए । जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता छन् । हालसम्म ३३८ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्र र १४ दलसहित १७ जनाको उम्मेदवारी परेको थियो ।

















आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
दैलेख १ मा कांग्रेसकी थापा विजयी
एमालेले खाता खाेल्याे : बाँके २ राई विजयी
झापा-५ : बालेनसँग २१ हजार मतले पछि परे ओली
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
प्रतिक्रिया