कैलाली-३ मा नेकपालाई उछिन्दै रास्वपाको अग्रता

घोडाघोडी (कैलाली), २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ३ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।
सुरुवाती चरणदेखि अग्रस्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरमान चौधरीलाई उछिन्दै रास्वपाका उम्मेदवार जगत जोशीले अग्रता लिएका हुन् ।
सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिका-२, ३, ५, ७ र ९ को मतगणना सम्पन्न भएको छ । कुल नौ हजार ९९० मतगणना हुँदा रास्वपाका जोशीले दुई हजार ६५२ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेका छन् ।
यसअघि वडा नं २, ३ र ९ को मतगणना सम्पन्न हुँदा नेकपाका उम्मेदवारको अग्रता थियो । नेकपाका उम्मेदवार चौधरीले दुई हजार ४०८ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार विक्रम चौधरीले एक हजार ५५२, नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले एक हजार ३१७, नेकपा (एमाले) का उम्मेदवार गौरीशङ्कर चौधरीले एक हजार ११० र राप्रपाका उम्मेदवार वीरेन्द्र बमले ३७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत जोशीले जानकारी दिए ।
उनका अनुसार हालसम्म ५०७ मत बदर भएको छ । कैलाली क्षेत्र नं ३ मा कुल एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो ।
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया