विप्लव भन्छन्-चुनाव होइन जनमतसंग्रहमा जाऔं

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग वैज्ञानिक समाजवाद या संसदयि पूाजीवादका विषयमा खुल्ला छलफल चलाउन पाउने समझदारी गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमत संग्रहमा जान प्रस्ताव गरेका छन् ।
ससद् विघटन र मध्यावधि चुनावबारे पार्टीको धारणा सार्वजनिक गदै विप्लवले शनिवार त्यस्तो वताएका हुन् । संसदीय ब्यवस्था पूर्ण रुपमा असफल भईसकेकोले अव त्यसको विकल्पमा जनमत संग्रहको बाटोवाट अगाडी जाने हो भने आफनो पार्टी संयुक्त सरकार निर्माण गरेर राजनीतिक निकास निकाल्नका लागि तयार रहेको विप्लवको वक्तब्यमा छ ।
विप्लवको पार्टीको केही अगाडी कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ३१ नेता थप गर्ने, संसदयि पुजीवाद या वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्नुपर्ने र त्यसका लागि संयुक्त सरकार निर्माण गर्नुपर्ने नारा पारित गरेको थियो ।
विप्लवले अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको भन्दै जनमत संग्रहकाट मात्र नयाँ राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन् । यही ब्यवस्थाको चुनावमा जाने कुराले समस्या सुल्झने होइन थप संकट निम्तने विप्लवको भनाई छ ।

















नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि
हमासद्वारा निशस्त्रीकरण र विदेशी शासन अस्वीकार
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया