विप्लव भन्छन्-चुनाव होइन जनमतसंग्रहमा जाऔं

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग वैज्ञानिक समाजवाद या संसदयि पूाजीवादका विषयमा खुल्ला छलफल चलाउन पाउने समझदारी गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमत संग्रहमा जान प्रस्ताव गरेका छन् ।
ससद् विघटन र मध्यावधि चुनावबारे पार्टीको धारणा सार्वजनिक गदै विप्लवले शनिवार त्यस्तो वताएका हुन् । संसदीय ब्यवस्था पूर्ण रुपमा असफल भईसकेकोले अव त्यसको विकल्पमा जनमत संग्रहको बाटोवाट अगाडी जाने हो भने आफनो पार्टी संयुक्त सरकार निर्माण गरेर राजनीतिक निकास निकाल्नका लागि तयार रहेको विप्लवको वक्तब्यमा छ ।
विप्लवको पार्टीको केही अगाडी कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ३१ नेता थप गर्ने, संसदयि पुजीवाद या वैज्ञानिक समाजवाद भन्नेमा जनमत संग्रह गर्नुपर्ने र त्यसका लागि संयुक्त सरकार निर्माण गर्नुपर्ने नारा पारित गरेको थियो ।
विप्लवले अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको भन्दै जनमत संग्रहकाट मात्र नयाँ राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन् । यही ब्यवस्थाको चुनावमा जाने कुराले समस्या सुल्झने होइन थप संकट निम्तने विप्लवको भनाई छ ।










जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया