दैलेख–२ मा एमालेका पोखरेल अगाडि

दैलेख, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार पोखरेलले आठ हजार ७७३ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले पाँच हजार ७७० मतका साथ पछ्याइरहेका छन् । दुई उम्मेदवारबीचको मतान्तर दुई हजार ५३० रहेको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही दुई हजार ५७७ मतसहित तेस्रो स्थानमा छन् । निर्वाचन अधिकृत लोकहरि कँडेलका अनुसार निर्वाचन क्षेत्र नं २ अन्तर्गत अब दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका गरी कूल १५ वटा वडाको मतगणना हुन बाँकी रहेको छ । “अहिले गणना जारी छ, बाँकी रहेका वडाहरूको गणना सकिन केही समय लाग्ने देखिएको छ”, अधिकृत कँडेलले भने ।
कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया