शुक्रबार, वैशाख १८, २०८३

४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी

मेरोन्यूज २०८२ फागुन २३ गते ११:२६

 नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल विजयी भएका छन्।

Advertisement
NiccNicc

रुपन्देहीमा लगातार चार निर्वाचन जितेका पौडेलले दोस्रोपटक हार बेहोरेका हुन्।  २०५६ सालदेखि रुपन्देहीमा चुनाव लडिरहेका पौडेलले २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार जित हासिल गरेका थिए।

विजयी खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दा पौडेलले १२ हजार ३०२ मत मात्र ल्याए। रास्वपाका खरेलले एमाले उपाध्यक्ष पौडेललाई ४२ हजार ६२५ मतान्तरले उछिनेका हुन्।   

यस्तै नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार १६ ल्याएका छन्। रुपन्देही २ मा कुल ८६ हजार ५३० मत खसेको थियो। 

प्रतिक्रिया