पार्टी हारपछी मकवानपुर एमाले अध्यक्षले गरे राजीनामा घोषणा

मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार हार्ने अवस्था बनेपछि पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
आज (आइतबार) बिहान सार्वजनिक प्रतिनिधि सभा निर्वाचनको मकवानपुर २ को अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन्।
यस्तै क्षेत्र नम्बर १ मा पनि रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेकाले एमालेको हार निश्चितजस्तै बनेको छ।
यही अवस्थालाई ध्यानमा राख्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत तत्काल प्रभावबाट जिल्ला अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
फेसबुकमा उनले निर्वाचन परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गर्दै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन।’
पोखरेलले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आ–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने बेला आएको भन्दै पार्टी अध्यक्षदेखि महासचिवसम्मको ध्यानाकर्षण गराएका छन्। ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वकाले बाटो प्रशस्त गर्नुपर्दछ,’ पोखरेलले स्टाटसमा लेखेका छन्।
उनी २०८१ जेष्ठ २१ मा पोखरेल ३१३ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन्।

















सुनचाँदीकै मुल्यमा व्यापक वृद्धि
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
HoR election: UML, NCP fail to register victory in Gandaki Province under direct system
काठमाडौं संसारकै तेस्रो वायु प्रदुषित शहरमा
आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया