धनुषाबाट रास्वपाका तीन उम्मेदवार विजयी

जनकपुर । धनुषा जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उम्मेदवार विजयी भएका छन् ।
धनुषामा चार निर्वाचन क्षेत्रमध्ये तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएको हो । यसरी विजयी हुनेहरूमा निर्वाचन क्षेत्र नं २ बाट विनोद यादव, निर्वाचन क्षेत्र नं ३ बाट मनिष झा तथा निर्वाचन क्षेत्र नं ४ बाट राजकिशोर महतो विजयी भएको बताइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका यादवले ४१ हजार ६३७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गरेका थिए ।
यस्तै, धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका झाले ४३ हजार ९८८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका बिमलेन्द्र निधिले १६ हजार ६५२ प्राप्त गरे ।
यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा रास्वपाका महतोले ४८ हजार २७० मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ प्राप्त गरे ।
यसैबीच, निर्वाचन आयोगले धनुषा १ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आजै धनुषा जिल्ला क्षेत्र नं १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको सो आयोगले सूचना जारी गरी जनाएको छ ।
आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो ।
















इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रतिक्रिया