सोमबार, फागुन २५, २०८२

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

मेरोन्यूज २०८२ फागुन २५ गते ११:५८

Advertisement
nepal life insurencenepal life insurence

मध्यविन्दु (नवलपरासी)। बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

“बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ”, उनले भने “उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।”

अहिले पनि सिमसिम पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा समस्या आउने जनाइएको छ । सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी उपरीक्षक खड्काले जनकारी दिए ।

प्रतिक्रिया