दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा

दोलखा । दोलखामा समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो स्थान हासिल गरेको छ । आज सम्पन्न मतगणनामा रास्वपाले ३५ हजार ८८३ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो भने दोस्रो स्थान नेकपा (एमाले) ले प्राप्त गरेको छ ।
एमाले पार्टीले १५ हजार ८०२ मत प्राप्त गरेर दोस्रो दल हुन सफल भएको हो । त्यसैगरी, नेपाली कांग्रेसले दोलखामा समानुपातिकतर्फ तेस्रो स्थान हासिल गरेको छ । कांग्रेस पार्टीले ११ हजार ५५५ मत प्राप्त गरी तेस्रो दल बनेको हो । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टी (तारा ) चिह्न १० हजार २७८ मत प्राप्त गरि चौथो भएको हो ।
त्यस्तै, अन्य साना दलहरू राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी चिह्न)ले चार हजार १५२ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो चिह्न)ले एक हजार ४९८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार जगदीश खरेल ३२ हजार ३७६ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रो बनेका नेकपा (एमाले)का पार्वत गुरुङले १७ हजार ४४९ मत पाए।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया