खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

खोटाङ : प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ ।
प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले जिल्लामा समानुपातिकतर्फ समेत श्रम संस्कृति पार्टीलाई नै बढी मत दिएका हुन् । समानुपातिकतर्फ कूल ६३ हजार २५७ मत खसेकामा श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो र नेपाली कांग्रेसले तेस्रो धेरै मत प्राप्त गरेको छ । नेकपा (एमाले) ले ११ हजार ३८५, कांग्रेसले १० हजार ७०५ मत प्राप्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ आठ हजार ८७९ मत प्राप्त गर्दै चौथो बनेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात हजार २७४ र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार २४४ मत प्राप्त गरेको छ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया