बुधबार, फागुन २७, २०८२

स्विट्जरल्यान्डमा बसमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु

मेरोन्यूज २०८२ फागुन २७ गते १३:२६

स्विट्जरल्यान्डको पश्चिमी क्षेत्र फ्रिबोर्ग क्यान्टोनस्थित केरजर्समा मङ्गलबार साँझ बसमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

क्यान्टोनल प्रहरीका अनुसार घाइतेमध्ये एक उद्धारकर्मीसहित तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीले घटनामा अन्य कुनै सवारीसाधन संलग्न नभएको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मानवीय कारणले आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार यो घटना जानाजानी गराइएको हुन सक्ने सम्भावना समेत अनुसन्धानमा रहेको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया